arrow

लोकमानलाई दिइएको अधिकार संशयको विषय हो : शशाङ्क

शशाङ्क पनि उभिए लोकमानविरुद्ध !

logo
प्रकाशित २०७३ कार्तिक १२ शुक्रबार
sashank-koi-mn.jpeg
जनकपुर । काँग्रेस महामन्त्री शशाङ्क कोइरालाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाभियोगले राष्ट्रिय एजेन्डालाई केही हदसम्म प्रभाव पारे त्यसलाई ओझेलमा पार्ने षड्यन्त्र नभएको बताएका छन् । 
 
नेपाल प्रेस युनियन धनुषाद्वारा शुक्रबार जनकपुरधाममा गरेको पत्रकार सम्मेलनमा महामन्त्री कोइरालाले भने, ‘लोकमानलाई दिइएको अधिकार संशयको विषय हो । महाभियोगको प्रस्तावले उत्पन्न तरङ्गमा सबै संवेदनशील हुनु आवश्यक छ ।’ 
 
यस्तै, उनले मुलुक संविधान संशोधनको दिशातर्फ गइरहेको अवस्थालाई दृष्टिगत गरेर सबै पक्ष गम्भीर हुनु आवश्यक भएको समेत बताए । महामन्त्री कोइरालाले भने, ‘नेकपा (एमाले) पनि संविधान संशोधनप्रति नकारात्मक छैन् ।’ 
 
कोइरालाले संविधान अत्यन्त राम्रो भए पनि परिमार्जनको आवश्यकता छ भन्दै नेपाली जनताको अभिप्राय अनुरूप संशोधन प्रक्रिया छिटो भन्दा छिटो सुरू गर्नुपर्ने धारणा राखे । 
 
संविधान कार्यान्वयनको चुनौतीमाझ राष्ट्रको भविष्य अत्यन्तै जटिलतार्फ गइरहेकाले संविधान संशोधन सन्दर्भमा सबैले मेरै गोरूको बाह्ै टक्का जस्ता विचारलाई त्याग्नु जरूरी भएको बताउँदै महामन्त्री कोइरालाले  दुईवटा प्रदेशको मागप्रति गम्भीर भएर सोच्न र यसबारे परामर्श गरी मिलन विन्दु खोज्न समेत असन्तुष्ट मधेसी मोर्चासँग आग्रह गरे । 
 
यस्तै, महामन्त्री कोइरालाले स्थानीय निर्वाचन गराउनुभन्दा पूर्व नै प्रान्तको संरचना प्रस्ट हुनुपर्नेमा जोड दिँदै स्थानीय निकाय पुनःसंरचना आयोगद्वारा प्रस्तुत संख्या सन्दर्भमा गहन छलफलको आवश्यकता छ–भने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ