arrow

चाडबाडको मुखमै बढ्यो पेट्रोलियम पदार्थको मूल्य 

काठमाडौँमा एक सय ८५ पुग्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास २१ सय १० 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १४ आइतबार
gas.jpeg

काठमाडौँ । चाडबाडको मुखमै पेट्रोलियम पदार्थको मूल्य बढेको छ । लगातार बढिए रहेको पेट्रोलियम पदार्थको मूल्यसँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ८५ पुगेको छ । 

 नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ , डिजेल र मट्टितेलमा प्रतिलिटर छ बढाएको छ । पेट्रोलको मूल्य पहिलो वर्ग (चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज डिपोबाट बिक्री हुने ठाउँ)मा प्रतिलिटर रु एक सय ८२ दशमलव पाँच, दोस्रो वर्ग (सुर्खेत र दाङ) मा रु एक सय ८४ र काठमाडौँ, पोखरा र दिपायलमा रु एक सय ८५ पुगेको छ । 

डिजेल र मट्टितेलमा प्रतिलिटर छ रुपैयाँ बढाएको छ । डिजेलको मूल्य पहिलो वर्गमा एक सय ७६ दशमलव पाँच, दोस्रो वर्गमा रु एक सय ७८ र तेस्रो वर्गमा रु एक ७९ प्रतिलिटर कायम भएको छ ।

खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर रु दुई सय १५ बढाइएको छ । बढेसँगै ग्यासको मूल्य प्रतिसिलिन्डर रु दुई हजार एक सय १० पुगेको छ । 

त्यस्तै हवाई इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर रु आठ बढाइएको छ । आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर रु एक सय ४४ र अन्तर्राष्ट्रियको मूल्य एक दशमलव ०९५ अमेरिकी डलर कायम भएको छ ।



नयाँ