arrow

मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १४ आइतबार
bike-accident.jpg

काभ्रे । मोटरसाइकलले ठक्कर दिएका पैदल यात्री बनेपा -११ का ६० वर्षीय कैलाश थापाको उपचारको क्रममा मृत्यु भएको छ । 

बिहान पनौतीबाट बनेपा तर्फ आउँदै गरेको बा.प्र ०२- ००७ प २९७८ नम्बरको मोटरसाइकलको ठक्करबाट घाइते भएका थापाको काठमाडौँस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए । 

घटना लगत्तै शिर मेमोरियल अस्पताल बनेपा लगिएका उनलाई थप उपचारको लागि न्यूरो अस्पताल पठाइएको थियो । 

मोटरसाइकल र चालक बनेपा-९ का राजेश नेपाली इलाका प्रहरी कार्यालय बनेपाको नियन्त्रणमा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ