arrow

पूर्व आईजी रानाको कार्यदललाई गृहमन्त्री निधिले गरे यस्तो निर्देशन

logo
प्रकाशित २०७३ कार्तिक १२ शुक्रबार
bimalendra_nidhi-news.jpeg
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले नेपाल प्रहरीलाई संघीय संरचनामा लैजान र प्रहरी संगठनलाई रुपमान्तरण गर्न आवश्यक ऐन कानून तर्जुमा गर्न सम्बद्ध अधिकारीहरुलाई निर्देशन दिएका छन् । 
 
शुक्रबार गृहमन्त्रालयमा नेपाल प्रहरीलाई संघीय संरचना अनुसार लैजान  आवश्यक पर्ने ऐन कानूनको मस्यौदा गर्न गठित कार्यदल र सम्बन्धित सुरक्षा प्रमुख एवं उच्च अधिकारीहरुसंगको छलफलमा मन्त्री निधिले यस्तो निर्देशन दिएको निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए । 
 
बैठकमा कार्यदलले तयार पारेको प्रारम्भिक मस्यौदामाथि सामान्य छलफल भएको बताइएको छ । कार्यदलका संयोजक एवं पूर्व प्रहरी प्रमुख कुवेर सिंह रानाले प्रारम्भिक मस्यौदा छलफलमा प्रस्तुत गरे । 
 
बैठकमा गृहमन्त्री नीधि, कार्यदलका सदस्यहरु, महान्यायाधीवक्ता रमण कुमार श्रेष्ठ, गृह सचिव लोक दर्शन रेग्मी,  कानून सचिव टेक प्रसाद ढुंगाना, सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राई लगायत सहभागि थिए । 
 
सरकारले गएको वर्ष फागुन ६ गते पूर्व प्रहरी प्रमुख रानाको संयोजकत्वमा पाँच सदस्यीय मस्यौदा कार्यदल गठन गरेको थियो । कार्यदलमा नेपाल प्रहरीका बहालवाला एआइजी सुरेन्द्र बहादुर सिंह, गृहमन्त्रालयका सह–सचिव कृष्णक बहादुर राउत, चक्र बुढा, सुधीर कुमा शाह छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ