arrow

चौतर्फी विरोधपछि प्रचण्डले बोलाए मन्त्रिपरिषद्को बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १४ आइतबार
cabinet-2080-05-06.jpg

काठमाडौँ । चौतर्फी विरोधपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । 

चाडबाडको मुखमै पेट्रोलियम पदार्थको मूल्य बढेपछि प्रधानमन्त्रीको विरोध भएको हो । 

प्रधानमन्त्रीले पेट्रोलियम पदार्थको मूल्यबारे पुनर्विचार गर्नका लागि आजै मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन् ।

पेट्रोलियम पदार्थको मूल्यसँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ८५ पुगेको छ । काठमाडौँमा पेट्रोलको मूल्य एक सय ८५ पुगेको छ । 

नेपाल आयल निगमले हिजो पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ , डिजेल र मट्टितेलमा प्रतिलिटर छ रुपैयाँ, खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर रु दुई सय १५ रुपैयाँ बढाएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ