arrow

मापदण्ड पालना गर्न स्वास्थ्य संस्थालाई मन्त्रालयको आग्रह

logo
प्रकाशित २०७३ कार्तिक १२ शुक्रबार
health-ministry.jpeg
काठमाडौं । स्वास्थ्य मन्त्रालयले सवै स्वास्थ्य संस्थाहरुलाई मापदण्ड तत्काल पालना गर्न आह्वान गरेको छ । मन्त्रालयले शुक्रबार सार्वजनिक महत्वको सूचना जारी गरी स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नती मापदण्ड संवन्धी निर्देशीका, २०७० ले तय गरेका मापदण्डहरु पुरा गर्न आग्रह गरेको हो । 
     
निर्देशिमा व्यवस्था भएका अनुसार नीजि स्वास्थ्य संस्थामा कम्तीमा दश प्रतिशत शैयामा निःशुल्क उपचार गर्न मन्त्रालयले आग्रह गरेको छ । त्यस्तो दश प्रतिशत शैयामा विपन्न, असहाय, बेबारिसे विरामीहरुलाई उपचार गराउनु पर्ने निर्देशिकामा उल्लेख छ । निःशुल्क उपचार प्राप्त गर्नका लागि विपन्न, असहाय, बेबारिसे बिरामीहरुलाई स्वयं घोषणा फाराम भर्न लगाई उनीहरुको फोटो सहितको विवरण अस्पतालको परिसरमा सर्वसाधारण सवैले देख्नेगरी टाँस्न आग्रह गरिएको छ । 
 
साथै निःशुल्क उपचार प्राप्त गर्नेहरुको विवरण जिल्ला जनस्वास्थ्य कार्यालय, स्वास्थ्य सेवा विभाग तथा स्वास्थ्य मन्त्रालय चिकित्सा सेवा महाशाखा जस्ता संवन्धित निकायहरुमा मासिक रुपमा विवरण पठाउन पनि मन्त्रालयले निर्देशन दिएको छ । 
 
 मन्त्रालयले निर्देशिकामा भएका व्यवस्थाहरु कार्यान्वयन भए नभएको बारेमा विभिन्न संयन्त्रहरु परिचालन गरी अनुगमन तथा नियमन गर्ने जनाएको छ । अनुगमनका क्रममा मापदण्डहरु पुरा नभएको पाइएमा कानुन अनुसार कारवाही हुने पनि मन्त्रालयले स्पष्ट पारेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ