arrow

यी प्रदेशमा तीन दिन भारी वर्षा, जोगिन आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १५ सोमबार
climate.jpg

काठमाडौं । अबको तीन दिन पाँच प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सोमबारदेखि बुधबारसम्म भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले उल्लेख गरेको छ ।  

हाल देशभर सामान्य बदली रही कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल भारतको बिहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ ।

आज कोशी, मधेस र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश बाहेकका प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

भोलि मङ्गलवार सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन चट्याङ वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

बुधबार कोशी, मधेस बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

पाँच प्रदेशमा भारी वर्षा हुने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम विभागको अनुरोध छ । वर्षाका समय नदीको जल सतह हल्का बढ्न सक्ने, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकाले जोगिन आग्रह गरेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ