काठमाडौं। उपराष्ट्रपति नन्दबहादुर पुनले तिहार र छठको अवसरमा चियापान आयोजना गरेका छन् । उप–राष्ट्रपतिको कार्यालय बहादुर भवनमा शुक्रबार साँझ आयोजित चियापानमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख ओनसरी घर्तीमगर सहभागि भए।
यद्यपि, चियापानमा उपराष्ट्रपतिले पाहुनालाई स्वागत गरे भने पाहुनाले स्वागत ग्रहरण गरेर भोजन लिई लगत्तै फर्किए । चियापानमा राजनीतिक दलका अन्य शीर्ष नेताहरु भने देखिएनन् । सरकारमा सचिव, कुटनीतिक नियोकका पदाधिकारी र सुरक्षा निकायका प्रमुख भने देखिए ।
यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको चियापानमा समेत सरिक भएका छन्।