arrow

काभ्रेमा एक व्यक्तिको शव फेला

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १५ सोमबार
nepal-police-Fn.png.png

काभ्रे ।  काभ्रेको बनेपा नगरपालिका-१ स्थित कलमसीमा एक पुरुषको शव फेला परेको छ । 

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार आइतबार बिहान कलमसीस्थित प्लटिङ गरेको जग्गामा एक पुरुषको शव फेला परेको प्रहरी नायब उपरीक्षक राज कुमार श्रेष्ठले जानकारी दिए । 

मृत फेला पर्नेमा सिन्धुलीको मरिण गाउँपालिका वडा नं ५ घर भई हाल कलमसी बस्दै आएका ५५ वर्षीय दुद्ध लाल घिसिङ रहेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए ।

उनकाअनुसार, शवलाई पोस्टमार्टमका लागि जिल्लास्थित धुलिखेल अस्पतालमा राखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ