arrow

माओवादीका सबै मन्त्री फिर्ता बोलाउन प्रधानमन्त्री दाहाललाई दबाब

बाँकी नेताको पालो पुर्‍याउनु पर्ने माग

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १५ सोमबार
pushpa-kamal-dahal-english.jpg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमण सकेर स्वदेश आएपछि मन्त्री फेर्न दबाब परेको छ । माओवादीका नेताहरूले प्रधानमन्त्रीलाई मन्त्री फेर्न दबाब दिएका हुन् । माओवादी उच्च स्रोतका अनुसार माओवादीको तर्फबाट सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बोलाएर बाँकी भएका नेताहरूको पालो पुर्‍याउन दबाब परेको स्रोतले जनाएको छ । 

माओवादीको तर्फबाट हाल उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, उर्जामन्त्री शक्ति बस्नेत, पर्यटनमन्त्री सुदन किराँती सञ्चारमन्त्री रेखा शर्मा रहेका छन् । यसअघि अमनलाल मोदीलाई फिर्ता बोलाइसकिएको छ । सुशीला श्रीपाइली पनि राज्यमन्त्री रहेकी छिन् । माओवादीका नेताहरूले गिरिराजमणी पोखरेल,देवेन्द्र पौडेल, हरिबोल गजुरेल, वर्षमान पुन लगायतलाई सरकारमा लैजान आग्रह गरिरहेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका सुदन किराँती प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रका तर्फबाट भोजपुरबाट निर्वाचित भएका थिए । उनले गरेका कतिपय निर्णयले माओवादी पार्टीलाई अप्ठेरो भन्दै उनलाई हटाउन खोजिरहेका बेला माओवादीले प्रधानमन्त्रीबाहेक सबैलाई फिर्ता बोलाउँदा राम्रो होला भनेर दबाब दिएको स्रोतको दाबी छ ।

उपप्रधानमन्त्रीका रूपमा नारायणकाजी श्रेष्ठले पनि प्रहरीले गर्ने नियमित काममा पनि आफैले जस लिन खोजेको भन्दै माओवादीभित्र आलोचना भइरहेको छ । उनलाई पनि हटाएर अर्को व्यक्तिलाई गृहमन्त्री बनाउन माओवादीका नेताहरूले प्रचण्डलाई दबाब दिएको स्रोतले जनाएको छ । भोली बस्ने पदाधिकारी बैठकमा यो विषय उठ्ने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ