arrow

किन पिरोलिँदै छन् ओली ?

अब एमाले नेतृत्वकै सरकार बन्नुपर्छ

logo
प्रकाशित २०७३ कार्तिक १२ शुक्रबार
KP-oli-naya-news.jpeg
ललितपुर । एमाले अध्यक्ष केपी शर्मा ओलीले अब एमालेकै नेतृत्वमा सरकार बन्नु पर्ने बताएका छन् । तिहारको अवसरमा एमाले जिल्ला कमिटी ललितपुरले शुक्रबार गरेको चियापान कार्यक्रममा ओलीले भने, ‘२१औं सताब्दीको ढाँचामा अगाडि बढ्न तथा विकासको बाटोमा तीब्रताका साथ अघि बढ्न एमालेको नेतृत्वमा सरकार चाहिन्छ ।’
 
अध्यक्ष ओलीले देशको समृद्धिको दृष्टिकोण एमालेसँग मात्रै रहेको जिकिर गर्दै एमालेकै नेतृत्वमा सरकार बन्नुपर्ने बताए । तर, ओलीले पिरलो पोख्दै भने, ‘हामीले हाम्रो खाका प्रयोग गर्नेहरुलाई गतिलो जवाफ दिएका छौं । तर, जवाफ दिएर के गर्नु आफुहरुसँग एक तिहाई पनि सिट छैन ।’ यस देशमा स्थिरता र स्थायित्वका लागि हामीले समयमा काम गरेका छौं, गुनासो गर्दै ओलीले भने, ‘काम गरेर के गर्ने ? आफुसँग त्यो पर्याप्त संख्या छैन सदनमा ।’
 
सत्ता सहयात्रीले बीच बाटोबाटै साथ छोडेपछि विपक्षी बन्न पुगेका ओलीले शुक्रबार कुनै हाँसो उठाएनन् । सहभागि पनि हाँसेनन् । गम्भीर मुद्रामा बोलेका ओलीले जनमतको खल्लो स्वादलाई लुकाउन सकेनन् । सोही कार्यक्रममा ओलीले मदन भण्डारी स्मृति भवन निर्माणमा सहयोग गर्ने दाताहरुलाई सम्मान गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ