arrow

यस्तो रहनेछ आजको मौसम

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १६ मंगलबार
weather-evergreen-rain.jpg

काठमाडौं । हाल गण्डकी र लुम्बिनी प्रदेशका स्थानहरूमा वर्षा भइरहेको छ।

आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

जल तथा मौसम विज्ञान विभागका अनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। 

साथै नेपालमा हाल भारतको दक्षिण-पश्चिम बिहार र उत्तर छत्तीसगढ आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ