arrow

रोशीमा छ खानेपानी आयोजना सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १६ मंगलबार
roshi-khanepani-samjhuta.JPG

रोशी । रोशी गाउँपालिकाले सञ्चालन गरेको एक घर एक धारा अन्तर्गत ६ वटा खानेपानी आयोजना सम्झौता भएको छ । सोमबार रोशी गाउँपालिका र नेपाल स्वास्थ्यको लागि पानी (नेवा) बीच खानेपानी तथा सरसफाइ आयोजना सम्बन्धी द्विपक्षीय सम्झौता भएको हो ।

गाउँपालिकाको तर्फबाट गाउँपालिका अध्यक्ष दिनेश लामा र नेवाको तर्फबाट बागमती प्रदेश प्रमुख मैत्रेयी शर्माले सम्झौता पत्रमा हस्ताक्षर गरि द्विपक्षीय सम्झौता भएको छ । 

वडा न १२ मा दुई वटा, वडा न १० मा २ वटा र वडा न १ मा २ वटा गरि छ वटा खानेपानी आयोजना सम्झौता भएको छ । सो आयोजनाबाट ३ सय ९८ घरधुरी, ३ विद्यालय र १ स्वास्थ्य संस्थाका २ हजार ९ सय ६२ जना लाभान्वित हुनेछ । तीन वटा वडामा २ हजार ४ सय ५३ धारा निर्माण हुनेछ । 

सो ६ वटा आयोजनाका सम्पन्न गर्नका लागि ३ करोड १० लाख २९ हजार ८ सय ६१ बजेट अनुमान गरेको छ ।

सम्झौता कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाइबा, प्रमुख प्रशासकीय अधिकृत राम बहादुर तामाङ, गाउँपालिका प्रवक्ता वसन्तकुमार लामा लगायत नेवाका प्रतिनिधिहरू रहेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ