काठमाडौं। काठमाडौं छेत्रपाटी कुस्लेचौरमा आगलागीमा परि एक भारतिय नागरिकको मृत्यु भएको छ। स्थानिय सुन्दर श्रेष्ठको घरमा शुक्रवार सवा ९ देखी लागेको आगो प्रहरी, प्रसासन र स्थानियको संयुक्त प्रयासमा राती ११ बजेतिर मात्रै नियन्त्रणमा लिइएको छ। आगलागीमा परि मृत्यु हुनेमा भारत उडिसाका हरि शाहका छोरा भएको बताइएको छ । उनी राजधानिमा प्लमबरको काम गर्दै आइरहेका थिए । अन्दाजी ४५ वर्ष का उनको नाम भने खुलेको छैन ।