arrow

बझाङमा भूकम्प, नेपालसँगै भारत पनि हल्लायो 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १६ मंगलबार
earthquake-final.jpeg

काठमाडौँ । बझाङमा केन्द्रविन्दु भएर गएको भूकम्पले नेपालसँगै भारतमासमेत हल्लाएको छ । आज दिउँसो २ः४० बजे बझाङको तलकोट केन्द्रविन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का सुदूरपश्चिमसँगै कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका केही भागमासमेत धक्का महसुस गरिएको हाम्रा संवादताताहरुले जनाएका छन् । 

यो भूकम्पको धक्का भारतमासमेत महसुस गरिएको छ । भारतीय केही संचारमाध्यमका अनुसार नेपालमा आएको भूकम्पको धक्का भारतको नयाँ दिल्लीमा ४.६ रेक्टर स्केल मापन गरिएको थियो । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ