arrow

बझाङमा लगातार दोस्रो पटक ठूलो भूकम्पको धक्का, भारतको दिल्लीसमेत हल्लियो  

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १६ मंगलबार
earthquake-final.jpeg

काठमाडौँ । बझाङमा लगातार दोस्रो पटक ठूलो क्षमताको भूकम्प गएको छ । आज दिउँसो २६ मिनेटको अन्तरमा दुई ठूला भूकम्पका धक्का महसुस गरिएका हुन् । 

पहिलेको भन्दा दोस्रो पटकको धक्का ठूलो महसुस गरिएको हो । यो भूकम्पले भारतको राजधानी नयाँदिल्ल्लीसमेत हल्लिएको छ । दिउँसो २ः४० बजे बझाङको तलकोट केन्द्रविन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

त्यसलगत्तै २६ मिनेटपछि ६.३ रेक्टरको भूकम्प सोही ठाउँमै केन्द्रविन्दु भएर गएको हो । 

भूकम्पको धक्का सुदूरपश्चिमसँगै कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका केही भागमासमेत धक्का महसुस गरिएको हाम्रा संवादताताहरुले जनाएका छन् । 

यो भूकम्पको धक्का भारतमासमेत महसुस गरिएको छ । भारतीय केही संचारमाध्यमका अनुसार नेपालमा आएको भूकम्पको धक्का भारतको उत्तरप्रदेशसँगै राजधानी नयाँ दिल्लीमा ४.६ रेक्टर स्केल मापन गरिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ