arrow

बझाङ भूकम्पले भत्कायो घर र विद्यालयका भवन

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १६ मंगलबार
bajhang-earthquake-2080-06-16.jpg
तस्बिर – साइपाल एफएमको फेसबुकबाट ।

काठमाडौँ । बझाङमा लगातार दुई पटक गएको ठूलो क्षमताको भूकम्पको धक्काले केन्द्रविन्दु भएको क्षेत्र वरपरका घरहरु भत्काएको छ । त्यस्तै विद्यालयका भवन पनि भत्किएका छन् । 

आज दिउँसो २६ मिनेटको अन्तरमा दुई ठूला भूकम्पका धक्का महसुस गरिएका हुन् । त्यस्तै एक भूकम्पको धक्का भने ४ रेक्टर स्केल भन्दा कमको भएको जनाइएको छ । 

पहिलेको भन्दा दोस्रो पटकको धक्का ठूलो गएको थियो । यो भूकम्पले भारतको राजधानी नयाँदिल्ल्लीसमेत हल्लिएको छ । दिउँसो २ः४० बजे बझाङको तलकोट केन्द्रविन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

त्यसलगत्तै २६ मिनेटपछि ६.३ रेक्टरको भूकम्प सोही ठाउँमै केन्द्रविन्दु भएर गएको हो । 

यो भूकम्पले स्थानीयलाई अत्याएको छ । लगातार भूकम्प गएपछि फेरि पनि जाने डरले खुला ठाउँमै उनीहरु बसेका छन् । 

क्षतिको तथ्यांक संकलन हुन सकेको छैन । 

भूकम्पले जयपृथ्वी राजमार्गको विभिन्न ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । 

भूकम्पको धक्का सुदूरपश्चिमसँगै कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका केही भागमासमेत धक्का महसुस गरिएको हाम्रा संवादताताहरुले जनाएका छन् । 

यो भूकम्पको धक्का भारतमासमेत महसुस गरिएको छ । भारतीय केही संचारमाध्यमका अनुसार नेपालमा आएको भूकम्पको धक्का भारतको उत्तरप्रदेशसँगै राजधानी नयाँ दिल्लीमा ४.६ रेक्टर स्केल मापन गरिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ