arrow

बझाङमा चार रेक्टर स्केलमाथिका तीन भूकम्पका धक्का, केही घाइते, घर र विद्यालयहरु भत्किए 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १६ मंगलबार
earthquake-final.jpeg

काठमाडौँ । बझाङमा लगातार तीन पटक चार रेक्टर स्केलमाथिका भूकम्पका धक्काले केही घाइते भएका छन् । थुप्रै घरहरु भत्केका छन् । विद्यालय संचालन भइरहँदा दिउँसो गएको भूकम्पले विद्यार्थीहरुसमेत घाइते भएका छन् । 

बझाङको चैनपुर नजिक केन्द्रविन्दु भएर दिउँसो २ः४० बजे ५.३ रेक्टर स्केलको, ३ः०६ बजे ६.३ रेक्टर स्केलको र ३ः४५ बजे ४.१ रेक्टर स्केलको भूकम्प गएको हो । यो बीचमा केही ४ रेक्टर स्केल मुनिका पराकम्पनहरु आएका थिए । 

भूकम्पमा घाइते हुनेहरुको यकिन तथ्यांक आइसकेको छैन । त्यसैगरी घरहरु र विद्यालयका भवनहरुसमेत भत्केका छन् । यसको पनि विवरण आइसकेको छैन । लगातार भूकम्प जाँदा भने स्थानीय आत्तिएका छन् । 

भूकम्पले जयपृथ्वी राजमार्गको विभिन्न ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । 

घरहरुमा भने धेरै नै क्षति भएको बताइन्छ । भूकम्पले  बाजुरा, बझाङ र डोटीका अधिकांश घरहरु चिराचिरा परेको अवस्था रहेको स्थानीयले बताएका छन् ।  

भूकम्पको धक्का सुदूरपश्चिमसँगै कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका केही भागमासमेत धक्का महसुस गरिएको हाम्रा संवादताताहरुले जनाएका छन् । 

यो भूकम्पको धक्का भारतमासमेत महसुस गरिएको छ । भारतीय केही संचारमाध्यमका अनुसार नेपालमा आएको भूकम्पको धक्का भारतको उत्तरप्रदेशसँगै राजधानी नयाँ दिल्लीमा ४.६ रेक्टर स्केल मापन गरिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ