arrow

बझाङमा बिहानैदेखि चार रेक्टर माथिका चार पराकम्पन, रातभर बाहिरै बसाइ

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १७ बुधबार
bajhang-earthquake-2080-06-17.jpg
तस्बिर– साइपाल एफएमको फेसबुक पेजबाट ।

काठमाडौँ । बझाङमा हिजो दिउँसोदेखि गएको भूकम्पको पराकम्पन आउने क्रम जारी रहेको छ । हिजो दिउँसो २ः४० बजे पहिलो भूकम्पको धक्का महसुस गरिएकामा साँझ ५ः३८ बजेसम्म सात वटा चार रेक्टर स्केलमाथिका धक्का आइसकेका थिए । 

आज पनि राति १२ः१६ बजेदेखि चार वटा पराकम्पन आइसकेका छन् । १२ः१६ मा ४.१ रेक्टर स्केलको, १२ः५० मा ४.३ रेक्टर स्केलको, ४ः२७ बजे ४.३ रेक्टर स्केलको र ५ः४३ बजे ४.३ रेक्टर स्केलको पराकम्पन आएको हो । 

४ रेक्टर स्केलभन्दा मुनिका थुप्रै पराकम्पन आएको पनि राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

भूकम्पपछिको राहत तथा उद्धारमा कठिनाइ भएको छ । वर्षाका कारण सडकसमेत अवरुद्ध भएको छ । यो भूकम्पले सुदूरपश्चिमका अन्य जिल्लाहरुमासमेत क्षति गरेको छ । 

एक महिला बेपत्ता छिन् भने थुप्रै घाइते भएका छन् । घरहरु भत्केका छन् । सयौँ घरहरु चर्केका छन् । 

रातभर लगातार भूकम्पका धक्का गएपछि सर्वसाधारण घरभित्र बस्न सकेका छैनन् । अस्पतालमा भर्ना भएका बिरामी र आफन्तसँगै स्वास्थ्यकर्मीसमेत बाहिर खुला चौरमा बस्नु परेको छ । 

यो भूकम्पको धक्का भारतको उत्तरप्रदेशसँगै नयाँदिल्लीमासमेत महसुस गरिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ