arrow

गुल्मीमा तिहार सँगै झिनियाको व्यापारमा बृद्धि

logo
कौरव खत्री,
प्रकाशित २०७३ कार्तिक १३ शनिबार
giniya-(2).jpeg
गुल्मी। गुल्मीको वामीटक्सार बजारमा उत्पादिन झिनियाले  तिहार पर्व भित्रिए सँगै दिनप्रतिदिन झिनियाको व्यापार व्यवसायमा वृद्धि हुन थालेको छ।
 
तिहारमा आफ्ना दाजुभाईहरुलाई टिका लगाएपछि  मिठा मिठा परिकार खुवाउने मध्ये झिनिया अति राम्रो र उत्तम मानिने  प्रचलन रहेको पाइन्छ। तर झिनिया पुजाआरधना,खाजा,पाहुनाहरुको स्वागत सत्कारको लागि छिटो छरितो तयार  गरि खाजाको रुपमा प्रयोग गर्न सकिने हुदा झिनिया रोटी हरेक हिसावले राम्रो मानिन्छ। अघिपछि भन्दा तिहारमा दैनिक रुपमा  सरदरमा झण्डै ४ हजार सम्मको झिनिया विक्रि हुने गरेको झिनिया व्यवसायी चिरिञ्जीवी शाक्यले जानकारी दिए।
 
आजभालि भने चाडपर्वमा मात्र खपत हुने भिनिया बाह्रै महिना राम्रो व्यापार हुने गरेको समेत व्यापारी शाक्यले जानकारी दिए।
 
साथै भिनियाको माग बढ्न थालेपछि हाल बजारका पसल–पसलमा झिनिया व्यवसाय गर्नेहरुको संख्यामा बृद्धि हुन थालेको छ। त्यस्तै यसबाट राम्रो जिवीकोपार्जन सकिने सम्भवना देखेपछि झिनिया व्यवसाय  तर्फ आर्कषित हुन थालेका छन्।
 
साथै उँहाले बार्षिक रुपमा समग्र वामीटक्सार बजारबाट झण्डै २० लाख देखि २५ लाख सम्म झिनिया विक्रि वितरण हुने गरेको शाक्यले जानकारी दिए। यहाँ उत्पादित झिनिया राटी गुल्मी तथा बाग्लुङ्गका बुटवल लगायतका विभिन्न स्थानीय बजार र स्थानहरु विक्रिवितरण हुदैआएको छ। तिहारले गर्दा पसल–पसलमा झिनिया किन्ने ग्राहकहरुको घुइचो लाग्ने गरेको पाइन्छ।
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ