arrow

मन्त्रीले भने- दशैँअघि नै सडक मर्मत हुनसक्ने अवस्था छैन [भिडियो]

उपत्यकाको खाल्डाखुल्डी भने दशैँअघि नै व्यवस्थापन गरिसक्ने प्रतिवद्धता

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १७ बुधबार
उचबपबकजवधबिबऔ2080.jpg

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले दशैँअघि नै सडक मर्मत हुनसक्ने अवस्था नरहेको बताएका छन् । बजेटको अभावका कारण दशैँअघि नै सडक मर्मत, सम्भार र यातायात व्यवस्थापनको काम भनेजस्तो हुनसक्ने अवस्था नरहेको मन्त्री ज्वालाले पूर्वाधार विकास समितिमा जपाफ दिएका छन् । 

 उनले दशैँलगायतका चाडपर्व अघि नै सडक र यातायात क्षेत्रको उचित व्यवस्थापनका गर्नका लागि प्रक्रियागत झमेला समेत रहेको बताए । 

मन्त्री ज्वालाले भएको सोत र साधनको अधिकतम परिचालन गरी दशैँअघि नै सडक मर्मत र यातायातको आवश्यक व्यवस्था मिलाउनका लागि मातहतका निकायलाई निर्देशन दिइएको पनि बताए । उनले काठमाडौं उपत्यकाको खाल्डाखुल्डी भने दशैँअघि नै व्यवस्थापन गरिसक्ने प्रतिवद्धता समेत व्यक्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ