arrow

आगामी आर्थिक वर्षभित्र एक हजार मेघावाट विद्युत उत्पादन थप्छौँः ऊर्जामन्त्री [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १७ बुधबार
saktibahadur-basnet-2080.jpg

काडमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले आगामी आर्थिक वर्ष भित्रमा एक हजार मेघावाट विद्युत उत्पादन थप गर्ने बताएका छन् ।

बुधवार राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा बोल्दै मन्त्री बस्नेतले अगामी आर्थिक वर्ष २०८१-८२ भित्रमा एक हजार मेघावाट विद्युत उत्पादन थप गर्ने बताएका हुन् । उनले मन्त्रालयसँग आगामी १२ वर्ष भित्रमा २८ हजार मेघावाटभन्दा बढी विद्युत उत्पादन गर्ने स्पष्ट मार्गचित्र भएको बताए । 

आगामी १२ वर्ष भित्रमा कुन वर्षमा कति मेघावाट विद्युत कहाँबाट उत्पादन गर्ने भन्ने तथ्य र तथ्यांकसहित मन्त्रालय अगाडी बढेको बताए । त्यसको निम्ति लगानीको व्यवस्थापन गर्ने सम्बन्धमा पनि मन्त्रालय स्पष्ट रहेको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ