arrow

भारतीय राष्ट्रपति भ्रमणको तयारी बुझ्न गृहमन्त्री दौडाहामा

logo
प्रकाशित २०७३ कार्तिक १३ शनिबार
nidhi.jpeg
काठमाडौं। भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणको तयारीकालागि गृहमन्त्री बिमलेन्द्र निधी जनकपुर र पोखराको भ्रमणमा गएका छन्। 
 
सुरक्षा र भ्रमण तयारीका बारे जानकारी लिन गृहमन्त्री निधीसँग स्थानिय बिकास मन्त्री अर्जुन नरसिंह केसी , मुख्य सचिव एवं तीनै सुरक्षा निकायका प्रमुखहरु पनि साथै गएका छन्। 
 
उक्त भ्रमणको उद्देश्य तयारीको अवलोकन, सुरक्षा ब्यवस्थाको योजनाबारे जानकारी लिने गृहमन्त्रीका प्रेस संयोजक रामजी दहालले बताएका छन्। गृहमन्त्री निधिले आजे दुवै ठाउँका बारे जानकारी लिनुका साथै आवश्यक निर्देशन दिने दहालले बताएका छन्। 
 
भारतीय राष्ट्रपति प्रणव मुखर्जीले अगामी कार्तिक १७ देखि १९ गतेसम्म नेपालको भ्रमण गर्ने तय भएको छ । 
 
राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा मुखर्जीले तीन दिने भ्रमण गर्न लागेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ