arrow

तिहार लगत्तै संविधान संशोधन प्रक्रिया अघि बढ्छ : मन्त्री भण्डारी

logo
कुमाेद अधिकारी,
प्रकाशित २०७३ कार्तिक १३ शनिबार
minister-shankar-bhandari.jpeg
विराटनगर । वन तथा भुुसंरक्षण मन्त्री शंखर भण्डारीले तिहार तथा छठपर्व लगत्तै संविधान संसोधन प्रक्रिया अघि बढ्ने बताएका छन् । नेपाल प्रेस युुनियन मोरङले शनिबार विराटनगरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भण्डारीले मधेशी मोर्चाका माग संशोधनका लागि सरकारले मुुख्य दलहरुसँग छलफल गरिरहेको पनि जानकारी दिए ।  
 
मन्त्री भण्डारीले आगामी २०७४ साल माघ ७ गते भित्र तिनै तहको निर्वाचन गराउन सरकार लागि परेको बताउँदै संविधान संसोधन प्रक्रिया अघि बढेसंगै निर्वाचनको वातावरण वन्ने दावी पनि गरे । 
 
मन्त्री भण्डारीले मधेशको जायज माग सम्वोधनगर्न सरकार गम्भीर भएर अघि बढेको बताउँदै मधेशी मोर्चाले पनि यसमा संवेदनशिलता देखाउनपर्ने धारणा व्यक्त गरे । उनले आन्दोलनले कसैलाई फाइदा नहुुने भएकाले मधेशी मोर्चाले आन्दोलन र वन्द हडताल गर्ने कुुरा गर्न नहुुने बताए ।  
 
एक प्रसंगमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका मन्त्री भण्डारीले अख्तियार प्रमुुख लोकमान सिंह कार्की माथि लगाइएको महाभियोग प्रस्तावमा आफनो पार्टीले आँखा चिम्लिएर समर्थन गर्न नसक्ने बताए । महाभियोग प्रस्ताव किन र कसका लागि आयो ? प्रस्तावले मुुलुकको राजनितिमा कस्तो प्रभाव पार्छ ? ती सवै कुरालाई बुुझेरमात्र कांग्रेसले निर्णय लिने उनले जानकारी दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ