arrow

कोशी प्रदेश सभामा दुई अध्यादेश पेस

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १७ बुधबार
koshi-pradesh-sabha-2080-03-21.jpg
तस्बिर-फाइल

विराटनगर । कोशी प्रदेशको प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश र आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश पेस भएको छ ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलावल्लभ अधिकारीले ती अध्यादेश प्रदेशसभामा पेश गरेका छन् ।

प्रदेशसभाको चौथो अधिवेशनको पहिलो बैठकमा दलहरुकातर्फ नेकपा (एमाले) संसदीय दलका तर्फबाट रेवतीरमण भण्डारीले मुलुकको आर्थिक अवस्था कमजोर हुँदा जनतामा नकारात्मक सोच बढ्ने भन्दै राजनीतिक दल र सरकारको ध्यानाकर्षण गराए ।

सामाजिक सद्भाव भड्किन नदिन विकास निर्माण र आर्थिक क्रियाकलाप बढ्नुपर्ने धारणा उनले कोशी प्रदेशमा सरकार गठन र विघटनको खेलले जनतामा निराशा बढेको बताए ।

उनले कोशी प्रदेशमा स्थिर सरकार निर्माणका लागि दलहरुबीच सहकार्य, सद्भाव र एकताको आवश्यकता औँल्याए ।

नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले कोशी प्रदेशमा नामकरणको विवाद यथावत रहेको अवस्थामा सरकार गठन र विघटनले झन समस्या थपेको बताए । 

उनले प्रदेशको कहालीलाग्दो अवस्थाबाट पार लगाउन राजनीतिक दलहरु आपसमा मिल्नुको विकल्प नरहेको बताए ।

नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आफू अनुकूल सरकार बनाउन सहमति र सहकार्य गर्ने र अरुको अस्तित्व स्वीकार नगर्ने परिपाटीले समस्या निम्तिएको बताए ।

नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता राजेन्द्रकुमार राईले प्रदेशमा शान्ति स्थापना गर्नका लागि बहुपहिचानका आधारमा प्रदेशको नामकरण हुनुपर्ने धारणा राखे । 

आजको बैठकको शून्य समयमा प्रदेशसभा सदस्य गीता रेग्मी, गोविन्द गिरी, गोम्बु शेर्पा, जयप्रकाश चौधरी, इन्दिरादेवी खनाल, रमेशकुमार बस्नेत, राजन किराती, शोभा चोम्जोङ, सदानन्द मण्डल र सविना बजगाईंले प्रदेशको समसामयिक विषयमा बालेका थिए । 

आजको बैठकले संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ, कोशी प्रदेशसभाका पूर्वसदस्य ताहिर मियाँ अन्सारीको असामयिक निधनप्रति गहिरो समवदेना प्रकट गर्दै सर्वसम्मतिले शोक प्रस्ताव पारित गरेको छ ।

प्रदेशसभाको अर्को बैठक असोज २० गते दिउँसो १ बजे बस्नेछ । 

सोही दिन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पनि लिने जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ