arrow

केही प्रदेशमा वर्षा भए पनि लगातार पानी नपर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १८ बिहिबार
weather-evergreen-rain.jpg

काठमाडौँ । आज कोशी, बागमती र गण्डकी प्रदेशमा मेघ गर्जन-चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

हाल कोशी र मधेस प्रदेशमा आंशिक देखि सामान्य रही बाँकी भू-भागमा आंशिक बदली देखि सामान्यतया सफा रहेको छ।

जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसम क्रमिक रूपमा सुधार हुँदै जाने जानकारी गराएको छ । 

विभागका मौसमविद् गोविन्द झाका अनुसार नेपालको पूर्वी क्षेत्रमा केही बदली बाँकी नै रहने र अन्य क्षेत्रबाट क्रमिक सुधार हुँदै जाने बताए । 

“तर पनि हिजो र आजको जस्तो लगातार झरी हुन्न, केही समय पानी पर्ने र केही समय घाम पनि लाग्ने हुन्छ, पूर्वमा मात्रै अलिकति बाँकी छ, अब भोलिदेखि भारी वर्षा भने हुन्न”, उनले भने । 

विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको छ । साथै नेपालमा हाल भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ