arrow

मुखर्जीको भ्रमणले निधिको दौडादौड, जनकपुरको सुरक्षा व्यवस्था हेरे

logo
प्रकाशित २०७३ कार्तिक १३ शनिबार
nidhi.jpg.jpeg

जनकपुर । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको राजकीय भ्रमणको सुरक्षा व्यवस्था मिलाउन उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिको दौडाहा सुरु भएको छ । गृहमज्त्री निधिले शनिबार जनकपुर पुगेर भ्रमणको तयारीबारे निरीक्षण गरेका छन् ।

मन्त्री निधिलाई जानकी मन्दिरका महन्त रामतपेश्वरलाल दास र सहायक महन्त रामरोशन दास तथा प्रमुख जिल्ला अधिकारी दिलीपकुमार चापागाँईले दर्शन र नागरिक अभिनन्दनको तयारी र सुरक्षा व्यवस्थाबारे जानकारी गराए ।

निरीक्षणपछि मन्त्री निधिले पत्रकारसँग भारतीय राष्ट्रपतिको भ्रमणले दुबै देशबीचको सम्बन्ध थप मुजबुद हुने विश्वास गरे । भारतको राष्ट्र प्रमुखको रुपमा मुखर्जीको दोस्रो भ्रमण हुनेछ ।

मन्त्री निधिले भने, ‘नेपाल र भारतबीच सांस्कृतिक, धार्मिक, भोगौलिक सम्बन्ध जनस्तरमा भएकाले भारतीय राष्ट्रपतिको भ्रमणले हरेक क्षेत्रमा राम्रो प्रभाव पार्नेछ ।’

निधिले जनकपुरमा यसअघि भारतीय राष्ट्रपति निलम सञ्जीवा रेड्डी र ज्ञानीजेल सिंहको भ्रमण भइसकेको चर्चा गर्दे राष्ट्रपति मुखर्जीकोसमेत जनकपुर भ्रमणको अवसर जनकपुरवासीले पाउनु सौभाग्य भएकाले जनकपुरको वातावरण सून्दर र शान्त राख्न अनुरोध गरे ।

भारतीय राष्ट्रपति मुखर्जीले १९ गते जनकपुरमा जानकी मन्दिरमा पूजाअर्चना गर्ने र तिरहुतिया गाछीमा जनकपुर उपमहानगरपालिकाले नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ । निधिसँगै जनकपुर स्थानीय विकासमन्त्री हितराज पाण्डे र सुरक्षा निकायका उच्च पदाधिकारी, भारतीय वाणिज्यदूत अञ्जु रञ्जन, परराष्ट्र मन्त्रालयका पदाधिकारी पुगे । यस्तै, मन्त्री निधिले पोखरा र लुम्बिनीको सुरक्षा व्यवस्थाबारे समेत जानकारी लिनेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ