arrow

डडेल्धुराका चार ठाउँमा यात्रु सहायता कक्ष

logo
तर्कराज भट्ट, 
प्रकाशित २०८० असोज १९ शुक्रबार
dadeldhura-yatru-sahayata-kakchaya.jpg

डडेल्धुरा । आउँदै गरेको दशैँ तिहारलाई लक्षित गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराले जिल्लाको चार स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । 

दशैँ तिहार नजिकिएसँगै जिल्लामा आउने यात्रुको सहायताका लागि डडेल्धुराको बसपार्क, स्याउले, सकायल र भित्रिमधेसको जोगबुढामा यात्रु सहायता कक्ष स्थापना गरेको हो । 

दशैँ तिहारमा हुने यात्रुको चाप, यात्रुमाथि हुनसक्ने अभद्र व्यवहार, यात्रु ठगिने सम्भावना लगायतका कुरालाई मध्यनजर गर्दै यात्रु सहायता कक्षको स्थापना गरिएको ट्राफिक प्रहरी कार्यालय डडेल्धुराका प्रमुख तथा प्रहरी नायब निरीक्षक भिमबहादुर बोहराले बताए।

दशैँ तिहार जस्ता महत्वपूर्ण चाडपर्व नजिकिएका र यस्तो समयमा यात्रुलाई कुनै पनि कुराको समस्या नहोस् भनेरे सहायता कक्ष खोलेका बताउँदै उनले जो सुकै लाई पनि समस्या परे सहायत कक्षमा आएर सहयोग लिन आग्रह गरे ।

बिहीबार स्थापना गरिएका उक्त यात्रु सहायत कक्ष विजयादशमी, दिपावली तथा छठ पर्वसम्म राखिने जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । यति मात्र नभइ यात्रु सहायता कक्षमा खटिएका प्रहरीले भाडामा यात्रु ठगिने, सवारी–साधनमा क्षमता भन्दा धेरै यात्रु राख्ने जस्ता कार्य निरुत्साहित गर्ने र यात्रुलाई समस्या परेको खण्डमा तत्काल सहायता गर्ने छन् । सहायता कक्षमा यात्रुले आफ्नो यात्राका लागि थाहा नभएको स्थान, भाडा दर, सवारी छुट्ने समयजस्ता कुराबारे जानकारी लिनसक्ने छन् । 

ट्राफिक प्रहरी पोष्ट स्याउलेका अनुसार अहिले तराईबाट पहाड आउने गाडीमा प्रायः दशैँका लागि भन्दै घर आउनेको संख्या अधिक रहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ