arrow

चाडपर्व लक्षित बजार अनुगमनमा तीव्रता

logo
तर्कराज भट्ट, 
प्रकाशित २०८० असोज १९ शुक्रबार
bazar-anugaman-dadeldhura-2080-06-18.jpg

डडेल्धुरा । चाडपर्व नजिकिएसँगै डडेल्धुरामा संयुक्त बजार अनुगमनलाई तीव्रता दिइएको छ । नेपालीहरूका महान् पर्वहरु दशैँ तिहार नजिकिएसँगै जिल्लामा संयुक्त बजार अनुगमनलाई तीव्रता दिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख केशवसिंह भण्डारीले जानकारी दिए ।

बिहीबार जिल्ला प्रशासन, घरेलु तथा साना उद्योग, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन, आन्तरिक राजश्व कार्यालय, उद्योग वाणिज्य संघ तथा नेपाल पत्रकार महासंघका प्रतिनिधिलगायतको संयुक्त टोलीले जिल्ला सदरमुकामको अमरगढी नगरपालिका क्षेत्रका पसलहरुमा बजार अनुगमन गरिएको छ ।

बजार क्षेत्रका २१ वटा व्यवसायिक फर्मको अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख भण्डारीले जानकारी दिए। उनका अनुसार गुणस्तरहीन सस, उपभोग्य गर्ने मिति नाघेका बियर बरामद गरी नष्ट गरिएको छ । 

उनले संयुक्त बजार अनुगमनले निरन्तरता पाउने बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ