arrow

आज विश्व मुस्कान दिवस

बानी छैन भने यसरी मुस्कुराइरहने

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १९ शुक्रबार
laughing.jpg

काठमाडौं । कतिपय व्यक्तिलाई मुस्कुराउने बानी हुँदैन । मुस्कुराइनुको धेरै फाइदा छन् ।  मनोविद् विजया बिजुक्छेका अनुसार मुस्कुराउन नसक्नेले पनि कोसिस गर्नुपर्छ । 

 कतिपय व्यक्तिलाई मुस्कुराउन नै नसक्ने समस्या हुने मनोविद् बिजुक्छे बताउँछिन् । सके मुस्कुराइरहने नसके मुखको मांशपेशीलाई मुस्काउने अभ्यास गर्नुपर्ने उनको सुझाव छ ।

मुस्कानले व्यक्तिको व्यक्तित्वलाई आकर्षकसँगै सामाजिक सम्बन्धलाई प्रगाढ बनाउन सहयोग गर्छ । उनका अनुसार मुस्कानले स्वास्थ्यलाई फाइदा गर्छ ।

“खुलेर मुस्कुराउन नसक्ने थुप्रै व्यक्ति हुनुहुन्छ । हाँसो उठ्दैन भने पनि जबरजस्ती भए पनि मांशपेशी तन्काउनुपर्छ”, मनोविद् बिजुक्छेले भनिन्, “मुखमा पेन्सिल राखेर भए पनि मुखको मांशपेशी बङ्गाउने वा ओठको दुवै छेउमा दुई चौरऔलाले दबाएर माथितिर तान्छौ भने त्यसले हाँसोजस्तो देखाइदिन्छ । त्यो भए पनि हाम्रो मस्तिष्कले हाँस्नका खुसी पैदा गर्ने रसायन उत्पादन गर्दछ ।” उनका अनुसार यसरी मुखको मांशपेशीलाई तन्काएर भए पनि मुस्काउने वा हाँस्ने अभ्यासले बानीको विकास गर्छ ।

आज विश्व मुस्कान दिवस हो । हरेक वर्ष अक्टोबर ६ मा दिन यो दिवस मनाइन्छ । मानिसमा आपसी दया, सद्भाव र खुसी फैलाउन प्रोत्साहित गर्न सन् १९९९ देखि यो दिवस मनाउन सुरुआत गरिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ