arrow

यस्तो छ भारतीय राष्ट्रपतिको भ्रमण तालिका [पूर्ण कार्यक्रम]

राष्ट्रपति, प्रधानमन्त्री देखि भारतीय दूतावाससम्मको भोजमा सरिक हुने

logo
प्रकाशित २०७३ कार्तिक १३ शनिबार
Pranab-Mukherjee-new.jpeg

काठमाडौं । परराष्ट्र मन्त्रालयले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको तीन दिने राजकीय भ्रमणको औपचारिक तालिका सार्वजनिक गरेको छ । परराष्ट्रले शनिबार विज्ञप्तीमार्फत् भारतीय राष्ट्रपतिको स्वागतदेखि  दैनिक कार्यक्रमबारेमा औपचारिक जानकारी दिएको हो ।

विज्ञप्तिमा राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा नेपाल भ्रमणमा आउन लागेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीको औपचारिक भ्रमण कार्तिक १७, १८ र १९ तीन दिन हुने उल्लेख छ  ।

भारतीय राष्ट्रपति मुखर्जीलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर औपचारिक स्वागत गर्ने कार्यक्रम तय भएको छ ।

मुखर्जीलाई स्वागत गरेपछि राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति भण्डारीसँग भेटवार्ता हुने र त्यसपछि शीतल निवासमै भारतीय राष्ट्रपतिको सम्मान स्वरूप दिवा भोजको आयोजना गर्ने कार्यक्रम छ ।

राष्ट्रपतिको सम्मानपछि मुखर्जीसँग उपराष्ट्रपति नन्दकिशोर पुन र प्रधानमन्त्री पुष्पकमल दाहालले समेत छुट्टा छुट्टै भेट्ने गर्ने छन् । मुखर्जीलाई राजनीतिक दलका अन्य नेताले पनि भेट्ने छन् ।   

कात्तिक १७ गते बेलुकी प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति मुखर्जी र उनको भ्रमण टोलीका लागि रात्रिभोजको आयोजना गर्नेछन् । यस्तै,  नेपालका लागि भारतीय राजदूत रणजित रायले आयोजना गरेको भोजमा समेत भारतीय राष्ट्रपति मुखर्जी सहभागि हुने तालिका छ ।

मुखर्जी दोस्रो दिन १८ कार्तिको विहान मात्रै पशुपतिनाथ मन्दिरको दर्शन गर्न जाने कार्यक्रम छ । मन्दिरमा मुखर्जीले पूजा गर्ने छन् । दिउँसो मुखर्जी काठमाडौं विश्वविद्यालयले दिन लागेको मानार्थ विद्यावारीधि समारोहमा सरिक हुनेछन् ।
उनले सोही दिन नीति अनुसन्धान प्रतिष्ठान र भारत फाउन्डेसनले आयोजना गर्ने सेमिनारलाई सम्बोधन गर्ने कार्यक्रम पनि छ ।

यसैबीच, भ्रमणको अन्तिम दिन कार्तिक १९ गते मुखर्जी विहान जनकपुरको रामजानकी मन्दिर दर्शन गर्नेछन् । जानकारी मन्दिरको पूजा अर्चन सकिएपछि मुखर्जी तिरहुतिया गाछीमा जनकपुर उपमहानगरपालिकाले गर्ने नागरिक अभिनन्दन कार्यक्रममा सहभागि हुने छन् ।

जनकपुरबाट मुखर्जी सोझै पोखरातर्फ लाग्नेछन् । मुखर्जी पोखराबाट काठमाडौं फर्केपछि १९ गते बेलुकी नै स्वदेश फर्किने कार्यक्रम छ । यसअघि मुखर्जीले लुम्बिनीको समेत भ्रमण गर्ने भनिएपनि छोटो समय र सुरक्षा प्रबन्धका कारण भ्रमण तालिकामा थपिन सकेन ।

मुखर्जी १८ वर्षपछि नेपाल टेक्ने भारतीय राष्ट्रपति रहनेछन् । सन् १९९८ मा भारतका तत्कालीन राष्ट्रपति केआर नारायणन् नेपाल भ्रमणमा आएका थिए ।

Press Release

 

At the friendly invitation of the Rt. Hon. President Bidya Devi Bhandari, President of the Republic of India His Excellency Shri Pranab Mukherjee is paying a three-day State Visit to Nepal from 2 to 4 November 2016.

Rt. Hon. President Bidya Devi Bhandari will receive His Excellency President of India Shri Pranab Mukherjee at the Tribhuvan International Airport on 2 November 2016. The visiting dignitary will be accorded a ceremonial reception.

His Excellency Shri Mukherjee will meet Rt. Hon. President Bhandari at Shital Niwas. The President of Nepal will host a State Banquet in honour of the President of India.

Rt. Hon. Vice President Mr. Nanda Bahadur Pun and Rt. Hon. Prime Minister Mr. Pushpa Kamal Dahal “Prachanda” will call on His Excellency Shri Mukherjee. Rt. Hon. Prime Minister will also host a dinner in honour of the visiting dignitary.

His Excellency the President of India will attend a reception to be hosted by the Ambassador of India to Nepal.

On 3rd November, President of India Shri Mukherjee will visit Pashupatinath Temple and perform Puja.

Kathmandu University will confer an honorary degree on His Excellency Shri Mukherjee on the same day. He will attend a civic reception in Kathmandu to be held in his honour. The Indian President will deliver a speech at a seminar of Niti Anusandhan Pratisthan Nepal and India Foundation.

Leaders of political parties will also call on His Excellency Shri Mukherjee during his sojourn.

On 4th November, His Excellency the President of India will visit Janakpur and perform Puja at Janaki Temple and attend a Civic Reception to be hosted in his honour. He will also visit Pokhara.

This will be the first visit by a President of India to Nepal after a gap of 18 years. The then Indian President K. R. Narayanan had visited Nepal in May 1998.

His Excellency the President of India Shri Pranab Mukherjee will leave Kathmandu for New Delhi on 4 November 2016.

Ministry of Foreign Affairs

Government of Nepal

29 October 2016



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ