arrow

चौथो बनेपा महोत्सव शुरु

logo
सरोजश्री अधिकारी, 
प्रकाशित २०८० असोज १९ शुक्रबार
banepa-mahotsav-2080.jpg

काभ्रेपलाञ्चोक । चौथो बनेपा महोत्सव २०८० शुक्रबारबाट बनेपास्थित उग्रेश्वर मन्दिर परिसरमा शुरु भएको छ । ‘हाम्रो अभियान, खेलको शान,संस्कृति र समृद्वि बनेपाको पहिचान’ भन्ने नाराका साथ बनेपा ब्वाइज क्लब (बीबीसी) को आयोजनामा शुरु भएको हो ।  

बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाई मन्त्री तीर्थबहादुर लामाले महोत्सवको उद्धघाटन गरेका हुन । महोत्सवको उद्घाटन समारोह अघि बनेपा पार्टी भेन्युबाट बनेपा नगरपालिका परिक्रमा गर्दै महोत्सव  हुने स्थानसम्म स्थानीय कला संस्कृति झल्कने बाजागाजा नाच, झाँकीसहित विभिन्न संघ संस्था, कलेज , क्लबको सहभागितामा र्‍यालीको आयोजना गरिएको थियो ।

महोत्सवमा विभिन्न विधाका खेलकुद, गायन, नृत्य, धिमे बाजा प्रतियोगिताका साथै प्रत्येक दिन राष्ट्रियस्तर कलाकारहरू सांस्कृतिक प्रस्तुतिसमेत रहने आयोजक सस्थाका अध्यक्ष महेशकुमार कर्माचार्य जानकारी दिए । 

उनका अनुसार महोत्सवमा घरेलु उत्पादनका सामग्री, हस्तकलाका सामग्री, खाद्य सामग्री, लत्ताकपडा, खानाका विभिन्न परिकार, लगायतका स्टलहरु राखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ