arrow

जनकपुरमामा सस्तो बजार

logo
निरञ्जन साह,
प्रकाशित २०८० असोज २० शनिबार
janakpur-fncci.jpg

धनुषा । विगतमा जस्तै यस वर्ष पनि जनकपुरधाममा विजयादशमी लक्षित सस्तो बजार लाग्ने भएको छ । यसअघिका दिनमा धनुषाको प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा लाग्ने मेला यस वर्ष उद्योग वाणिज्य संघको अगुवाइमा लाग्ने भएको हो ।

शनिबार बसेको सर्वदलीय बैठकमा बजारको अनुगमन सहायक प्रमुख जिल्ला अधिकारीको अगुवाइमा हुने छ भने धनुषाका सीडीओ, जनकपुरधामका मेयर, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक, नेपाल पत्रकार महासंघका अध्यक्ष सम्मिलत संरक्षक तथा सल्लाहकार समिति थप गठन गरी बजारको अभिभावकत्व प्रदान गर्ने निर्णय भएको संघका अध्यक्ष जितेन्द्र महासेठले बताए ।

यद्यपि उनले जनकपुरधामका मेयर र नेपाल पत्रकार महासंघका अध्यक्षसँग सो विषयमा सहमति लिन बाँकी रहेकोसमेत बताए ।

अध्यक्ष महासेठले बजार व्यवस्थापनका लागि विभिन्न उपसमितिहरु समेत गठन गर्ने निर्णय भएको बताए ।

असोज २८ गते घटस्थापनाका दिनदेखि कार्तिक ५ गते अष्टमी तिथिसम्म गोपाल धर्मशालामा बजार लाग्ने छ । जहाँ दैनिक उपभोग्य, चाडपर्वका सरसामानदेखि विभिन्न समानहरु सुपथ र शुलभ तरिकाले एकै ठाँउमा उपलब्ध हुने उद्देश्य राखिएको छ ।

शनिबार बैठकमा धनुषाका सीडीओ, प्रहरी प्रमुखहरु, संघका पदाधिकारी, पूर्व पदाधिकारीहरु र सदस्यहरुका साथै नेपाल पत्रकार महासंघ, नेपाल रेडक्रस सोसाइटी, उद्योगी व्यवसायीहरुको उपस्थिति थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ