कांग्रेस र मधेसी मोर्चाका नेता बालुवाटारमा, के हुँदै छ कुरा ?
प्रकाशित २०७३ कार्तिक १३ शनिबार
1.1k
Shares
काठमाडौं । संविधान संशोधन लगायतका राजनीतिक विषयमा सहमति जुटाउन भन्दै नेपाली कांग्रेस र मधेशी मोर्चाका नेताहरुको बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिन अघि देखि जारी राखेको सम्वादकै क्रममा सत्ताधारी कांग्रेस र मधेसी मोर्चाका नेताहरुलाई छलफलका लागि बोलाएका हुन् । उनीहरुबीचको संयुक्त बैठक जारी छ ।
विहिबार मात्रै मोर्चाका नेताहरुले सरकार गठनताका भएको ३ बुँदे सम्झौता कार्यान्वयनका लागि सरकार गम्भीर नभएको भन्दै आलोचना गरेपछि प्रधानमन्त्रीले संविधान संशोधनका लागि कुन मोडालिटीमा जाने भन्दै परामर्शका लागि छलफल डाकेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
बैठकमा संशोधनमा अघि बढ्न के गर्ने ? कसरी जाने भन्नेबारे मध्यमार्गी बाटो तय गर्ने गरी छलफल भइरहेको प्रधानमन्त्रीका स्वकिय उवपसचिव मनोहरि तिम्सिनाले जानकारी दिए । केही दिन अघि मात्रै प्रधानमन्त्रीकै अग्रसरतामा बसेको शीर्ष तीन नेताको शिखर बैठकले संविधान संशोधनमा मधेसी दलहरुसंग छलफल गरेर अघि बढ्ने सहमति गरेका थिए ।
बालुवाटार बैठकमा मधेसी मोर्चाकातर्फबाट तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुर, सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णलगायत छन् । यस्तै, कांगेस सभापति शेरबहादुर देउवा, उप–प्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि, उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरालगायत सहभागि छन् ।