arrow

गरगहनासहित सुस्ताका सुनार नियन्त्रणमा

logo
रबिन्द्र यादव, 
प्रकाशित २०८० असोज २० शनिबार
crime-2080-06-20.jpg

पश्चिम नवलपरासी । सुन र चाँदीसहित प्रतापपुर गाउँपालिकामा एक जना सुस्ताका नागरिक पक्राउ परेका छन् ।

४३ ग्राम ९३० मिलिग्राम शुद्ध सुन र १४२४ ग्राम ९०० मिलिग्राम चाँदीको गरगहना सहित सुस्ता गाउँपालिका वडा नं ३ बस्ने अन्दाजी वर्ष ३६ का संदिप सुनार पक्राउ परेका हुन् ।

दुई लाख ४४ हजार मूल्य बराबरको सुन र ८० हजार मुल्य बराबरको चाँदीको गरगहना गरी कुल तीन लाख २४ हजारको गरगहना रहेको प्रहरीले जनाएको हो ।

संदिप सुनारले शंकास्पद रुपले लु ७९ प ६२९ नम्बरको खघ को मोटरसाइकल चलाइरहेको अवस्थामा प्रतापपुर गाउँपालिका वडा नं ७ पर्साको पश्चिमी गण्डक नहरबाट इलाका प्रहरी बेलाटारीका प्रमुख प्रहरी निरीक्षक श्याम प्रकाश यादवको कमान्डमा रहेको गस्ती टोलीले चेकजाँचको क्रममा सुनारले पाइन्टको प्याकेटबाट उक्त मात्राको सुनचादीका गरगहना बरामद गरेको हो । 

हाल प्रहरीले उनलाई सुनचाँदीको गरगहना सहित राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी रेशम बोहराले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ