arrow

यी प्रदेशमा तीन दिन मेघगर्जन चट्याङ सहित वर्षा, सतर्क हुन आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २१ आइतबार
weather-evergreen-rain.jpg

काठमाडौं । अहिले कोशी, मधेस र गण्डकी प्रदेशका एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षा भइरहेको छ।

हाल नेपालमा बङ्गलादेश र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेश बाहेकका प्रदेशमा सामान्यतया मौसम सफा रहनेछ। 

कोशी, बागमती र गण्डकी, मधेस तथा लुम्बिनी प्रदेशको केही स्थानहरूमा मेघगर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।

 सोमबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि सामान्यतया मौसम सफा रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।

मङ्गलवार पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ । 

वर्षाका कारण त्यस क्षेत्रहरूबाट बहने नदीको जल सतह हल्का बढ्न सक्ने, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकोले र चट्याङको जोखिमबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ