arrow

बेनामी सम्पत्तिको जानकारी नदिनेलाई ७ वर्षको जेल सजाय, गलतलाई ५ वर्ष

logo
प्रकाशित २०७३ कार्तिक १३ शनिबार
Black-money.jpeg
एजेन्सी । भारतमा सम्पत्ति शुद्धीकरण सम्बन्धि नयाँ कानून बनेको छ । बेनामी सम्पत्तिको उपभोग बढ्न थालेपछि यस्तो सम्पत्ति रोक्नकोलागि सरकार कडा रूपमा प्रस्तुत हुन लागेको भारतीय सञ्चारमाध्यमहरूले जानकारी दिएका छन् । 
 
सञ्चारमाध्यमका अनुसार ब्ल्याक मनीको नियन्त्रण गर्नको लागि भारत सरकारले यस्तो कदम चालेको हो जुन बेनामी प्रपर्टी एक्ट नोबेम्बर १ देखि लागु हुनेछ । जुन कानूनले कुनैपनि व्यत्तिःले आफ्नो बेनामी सम्पत्तिको बारेमा पहिले नै सरकारलाई जानकारी दिँदैन र सरकारले नै यस विषयमा पत्ता लगाउँछ भने त्यस्ता सम्पत्ति जफत गरेर उसलाई ७ वर्षसम्म जेल सजाय हुने व्यवस्था ऐनमा गरिएको छ । 
 
यसरी स्रोत विहीन सम्पत्ति आफ्ना आफन्तको नाममा राखेर कतै लगानी गरेको भेटिएको खण्डमा पनि सरकारले उनीहरू उपर कारबाही अगाडि बढाउन सक्नेछ । जसमा बेनामी सम्पत्ति सम्पूर्ण जफत हुनेछ भने मूल व्यक्तिलाई ७ वर्ष जेल सजाय गराईनेछ । 
 
त्यसैगरी आफ्नो विवरण गलत दिनेलाई ५ वर्षको जेल सजाय सहितको व्यवस्था तोकिएको छ । जुन अहिलेसम्म ३ वर्ष थियो । यसरी भारतीय सम्पत्ति शुद्धीकरण बलियो बन्दै जाँदा नेपालको सम्पत्ति शुद्धीकरणलाई पनि सक्रिय बन्न दबाब परेको छ । 
 
अहिले सम्पत्ति शुद्धीकरण खासै बलियो नभएको भनेर अनेक टीकाटिप्पणीहरू चल्दै आएका छन् । तर केही काम गरिरहेको भएपनि विभाग खासै सक्रिय बन्न नसक्दा कालो धनको बजार भने फस्टाउँदै गएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ