arrow

केपी ओली बोलिरहँदा भीम रावल जिन्दावादको नारा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २१ आइतबार
oli-rawal.jpg
तस्बिर – फाइल ।

धनगढी । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशन उद्घाटन शत्रमा अध्यक्ष केपी शर्मा ओली बोली रहँदा कार्यकर्ताले भीम रावल जिन्दावाद भन्दै नारा लगाएका छन् ।

ओली बोल्ने क्रममा फ्लोरबाट भीम रावल जिन्दावाद भन्दै नारा लागेको हो । ती कार्यकर्तालाई वरिपरिका सहभागीले शान्त गराएका थिए । मञ्चमा बोल्दै गरेका ओलीले भने रावलको नाम लगेका छैनन् । नारालाई थामथुम पार्न ओलीले ‘चुप लाग्नुस् त साथीहरु’ भन्दै धम्काउने प्रयास गरेका थिए । 

त्यसपछि उनले भीम रावललाई लक्षित गर्दै गल्तीलाई क्षमा गर्ने र काममा फर्काउन सकिने बताए । 

तर त्यसका लागि गल्ती गर्ने व्यक्ति सच्चिन जरुरी रहेको उनले बताए । 

अध्यक्ष ओलीले एमाले छोडेर झोक्किएर गएका कार्यकर्तालाई पनि एमालेमा फर्कन अपील गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ