arrow

सुदूरपश्चिममा एमाले

सरकार रमिता हेरिरहेको छ – केपी ओली

logo
सुनिल आउजी,  
प्रकाशित २०८० असोज २१ आइतबार
kp-oli-2080-06-21a.jpg

धनगढी । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार रमिता हरिरहेको आरोप लगाएका छन् । उनले विकास र सुशासनको वास्ता नभएको बताएका छन् । 

आइतबार धनगढीमा शुरु भएको नेकपा एमालेको प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन समारोहमा बोल्दै ओलीले भने ‘अहिलेको सरकार देश जनता सम्झिने सरकार छैन । सरकारलाई विकास, सुशासनको वास्ता नै छैन । एमालेले सरकार छोडेदेखि ओरालो लागेको छ ।’ 

उनले भने ‘दुई वर्षको बीचमा अर्थतन्त्र ध्वस्त भएको छ । ७ प्रतिशतभन्दामाथि पुर्याएको बृद्धिदर २ प्रतिशत भन्दा तल पुर्याएका छन् ।’

त्यस्तै अहिलेको सरकारले विदेशिने जनशक्ति रोक्न नसकेको ओलीले आरोप लगाए । ‘अहिलेको सरकारले बाहिर जाने जनशक्ति रोक्न सकेको छैन । खेतबारी बाँझा छन्’, ओलीले भने,  ‘विद्यार्थी विदेश पढ्न जादा इन्जिनियरिङ,कृषि प्राविधिक कलेजहरुलेले विद्यार्थी नपाउने अवस्था भएको छ,साच्चिकै देश अप्ठ्यारो अवस्थामा छ ।’ 

देश ओरालो अवस्थामा लागेको बताउँदै उनले अब देश एमालेले मात्रै बनाउने दाबी गरे । त्यस्तै ओलीले २०८४ पछि एमालेले बहुमतको सरकार बनाउने दाबी गरे ।

 सुदूरपश्चिम प्रदेशमा प्रतिनिधि सभातर्फ २ सिट मात्रै आएको बताउँदै उनले ८४ पछि बहुमतको सरकार बनाउने बताए ।

उद्घाटन सत्रमा नेकपा एमालेका महासचिव शंकर पोख्रेल, सचिवहरु लेखराज भट्ट, छविलाल विश्वकर्मालगायतका नेताले शुभकामना मन्तव्य राखेका थिए । सोमबारसम्म धनगढीमा सञ्चालन हुने अधिधिवेशनले प्रदेशको नयाँ नेतृत्व चयन गर्ने छ ।

नौ वटै जिल्लाबाट गरी ६ सय ७५ जना प्रतिनिधि
अधिवेशनमा प्रदेश कमिटीको नेतृत्व चयनका लागि नौवटै जिल्लाबाट गरी ६ सय ७५ जना प्रतिनिधि छनोट भएर धनगढी आइपुगेका छन्।  अधिवेशनका लागि सबैभन्दा धेरै प्रतिनिधि बाजुराबाट रहेका छन् । 

दुईवटा प्रदेश निर्वाचन क्षेत्रमात्र रहेको बाजुराबाट एक सय २८ जना प्रतिनिधि चयन भएका आएका  छन् । १३ वटा स्थानीय तह रहेको कैलालीबाट बाजुराभन्दा कम १ सय १७ जना प्रतिनिधि मात्र छन् ।

त्यस्तै कञ्चनपुरबाट ६३, बैतडीबाट ६८, दार्चुलाबाट ५३, अछामबाट ५४, बझाङबाट ४८, डोटीबाट ४१ र डडेलधुराबाट १८ जना प्रतिनिधि रहेका अधिवेशन आयोजक कमिटिले जनाएको छ । त्यस्तै ७५ जना प्रतिनिधि एमालेले जनसंगठनबाट चयन गरेको छ। कूल प्रतिनिधि संख्यामा एक सय ७८ जना महिला रहेका छन् ।

अध्यक्षमा तीन जना आकांक्षी
सुदूरपश्चिम प्रदेशको आगामी नेतृत्वका लागि तीन जनाले अध्यक्ष पदको आकांक्षी रहेका छन् । जसमा कृष्णप्रसाद जैशी, कमल तिमिल्सिना र वचनबहादुर सिंहले अध्यक्ष पदमा दाबी गरेका हुन् । जैसी र तिमिल्सिना अछामका हुन् भने सिंह कञ्चनपुरका हुन् ।

नेतृत्व चयनका लागि अगुवा नेताहरुको छातामा समूहगत प्रतिस्पर्धा हुने देखिएको छ । वर्तमान अध्यक्ष दामोदर भण्डारी, केन्द्रीय सचिव लेखराज भट्ट समूह एकातिर र कर्णबहादुर थापा समूह अर्कोतिर विभाजित देखिएका छन् । 

भण्डारी र भट्टको साथ तिमिल्सिनालाई रहेको देखिएको छ भने थापा पक्षधर नेता कार्यकर्ताहरुको साथ जैसीलाई रहेको एमाले कार्यकर्ताहरु बताउँछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ