arrow

ट्रमामा मिलेमतोमा ल्याबको टेन्डर 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २२ सोमबार
trauma-dr-rijal-2080-06-22.jpg

काठमाडौँ । राष्ट्रिय ट्रमा सेन्टरमा मिलेमतोमा ल्याबको टेन्डर खोलिएको छ । सेन्टरका प्रमुख डा बद्री रिजालले रोग पत्ता लगाउन प्रयोग हुने (रगत जाँच) ल्याब (प्रयोगशाला) को किट,रिएजेन्टहरु मिलेमतोमा आफू निकट कम्पनीहरु डिसोभान र ओम सर्जिकललाई दिने गरी गत भदौ २० गते बोलकबोलका लागि आह्वान गरेका थिए । 

उक्त बोलकबोललाई अहिले गोप्य राखिएको छ । टेन्डर अनियमितताको  समाचार बाहिर आइ विरोध हुन थालेपछि डा रिजालले मन्त्री र मन्त्रीको सल्लाहकारलाई भनेर धम्क्याउने,थर्काउने गरेरै आफूनिकटलाई टेन्डर दिन लागेको स्रोत बताउँछ । 

उनले आह्वान नम्बर NTrC/G/NCB/03-080/81 NCB no :03 खुलाएका थिए । टेन्डर दर्ता गर्ने  अन्तिम म्याद यही असोज १९ गतेसम्म रहेको थियो । 

३४ किसिमको सो ल्याब किट र रिएजेन्टहरुमा आफू निकटलाई मात्रै हुने गरी र विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको पूर्व योग्यता मागे पनि abott determine मात्रै  जापानको डब्ल्यूएचओको पूर्व योग्यता छ ।

तर रिजालले भारतको एबोट बायोलाइन डब्ल्यूएचओको पूर्व योग्यता नभएकोलाई दिन भारतको एबोट बायोलाइनबाट उत्पादित ABO blood grouping-100, सबैभन्दा  बढी HIV1/2 Antibody test sensitivity >98% specificity >98% 8000 kit HCV Antibody test kit, HBsAG test kit 8000/8000 पिस, anti-ab, 150 kit, syphils antibody test VDRL 2500 पिस, troponine-I 1000 test kit माग गरेको र सोमा निज निर्देशक डा रिजालले टेन्डर आफूनिकट डिसोभान र ओम सर्जिकललाई दने गरी तयारी गरेको स्रोत बताउँछ । 

 उनीहरुलाई टेन्डर दिएर करोडौँ रुपैयाँ कमिशन लिने तयारी भइरहेकोसमेत पाइएको छ । यसमा अन्य व्यापारीले विरोध जनाए पनि प्रमुख डा रिजालले स्वास्थ्यमन्त्रीको नाम लिँदै यो टेन्डर अरुलाई नदिने भनिरहेका छन् । यद्यपि भण्डारी सर्जिकललेसमेत टेन्डर भरेको पाइएको छ । 

 रोग पत्ता लगाउने जस्तो गम्भीर किटमा गुणस्तरहीन किट ल्याएर मानव स्वास्थ्यमाथि गम्भीर खेलबाड गरिरहेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण हुन ट्रमा अस्पताल ल्याब कर्मचारी लगायतले आवाज उठाएका छन् । 

सो सम्बन्धमा प्रधानमन्त्री कार्यालय,अक्तियार दुरुपयोग अनुसन्धान आयोग,सार्वजनिक खरिद अनुगमन कार्यालय र स्वास्थ्य मन्त्रालयले छानबिन गर्नु पर्ने मागसमेत कर्मचारीले गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ