arrow

परराष्ट्र मन्त्रीलाई बोलाएर राष्ट्रपतिले सोधे इजरेलमा रहेका नेपालीको अवस्था 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २२ सोमबार
ramchandra-poudel-president-always.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले इजरेलमा रहेका नेपाली नागरिकहरूको आवश्यकता अनुसार उद्धार, स्वदेश फिर्ती, मृतकका परिवारलाई राहत लगायतका विषयमा चासो व्यक्त गरेका छन् । 

राष्ट्रपति पौडेलले परराष्ट्रमन्त्री एनपी साउदलाई शीतल निवासमा बोलाएर इजरेलमा रहेका नेपाली नागरिकहरूको अवस्थाबारे चासो व्यक्त गरेका हुन् । उनले इजरेलमा हमासको आक्रमणमा परी मारिएका नेपाली विद्यार्थीहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूको परिवारप्रति सहानुभूति प्रकट गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । 

त्यसैगरी उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा विशेष ध्यान दिन परराष्ट्रमन्त्रीमार्फत सरकारको ध्यानाकर्षण गराए । 

राष्ट्रपति पौडेलले सुरक्षित स्थानमा रहेका नेपालीलाई स्वदेश फर्काउने काम तत्काल अगाडि बढाउन पनि आग्रह गरेको प्रेस सल्लाहकार पोखरेलले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ