arrow

प्रधानमन्त्री प्रचण्डले गरे इजरेलको बङ्करमा रहेका विद्यार्थीसँग संवाद

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २२ सोमबार
prachanda-pm-final-always.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इजरेलको बङ्करमा रहेका नेपाली विद्यार्थीसँग कुराकानी गरेका छन् । 
    
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रधानमन्त्री प्रचण्डले इजरेलको बङ्करमा रहेकाका नेपाली विद्यार्थी विपीन सुवेदीसँग संवाद गरेका हुन् । प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लका अनुसार प्रधानमन्त्री प्रचण्डले नेपाली विद्यार्थीलाई शीघ्र उद्धार गरिने र त्यसका लागि सरकार लागिपरेकाले नआत्तिन आग्रह गरेका छन् । 

प्रधानमन्त्री प्रचण्डले सरकार पछिल्लो तीन दिनदेखि नेपाली विद्यार्थीको उद्धारमा लागिपरेको बताएका थिए । उनले सोही विषयमा मन्त्रिपरिषद्को बैठक र सर्वदलीय बैठकमा छलफल हुने बताएका थिए । 
    
प्रधानमन्त्री प्रचण्डले परराष्ट्रमन्त्रीस्तरमा पनि कुराकानी भएको र इजरेली दूतावाससँग पनि यस बारेमा नियमित छलफल भइरहेको उल्लेख गरेका थिए । उनले यी सबै कुरा त्यहाँका अरु विद्यार्थीलाई पनि सञ्चार गरिदिन आग्रह गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ