arrow

यी प्रदेशमा तीन दिन चट्याङसहित वर्षा

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २३ मंगलबार
lighting-thundering.jpg

काठमाडौं । हाल कोशी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ । 

अबको तीन दिन कोशी, बागमती, गण्डकी, मधेस र लुम्बिनी प्रदेश प्रदेशका केही स्थानहरूमा मेघगर्जन चट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ ।

हाल कोशी बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ । आज अरू प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ। 

कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा मधेस र लुम्बिनी प्रदेशको एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

बुधबार कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा मधेस र लुम्बिनी प्रदेशको एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।

बिहीबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ