arrow

संविधान संशोधन र कार्यान्वयनको लागि दलहरु मिल्नुको विकल्प छैनः अध्यक्ष राणा

logo
प्रकाशित २०७३ कार्तिक १४ आइतबार
Pashupati-Shamsher-JBR.jpeg
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबरा राणाले संविधान संशोधन र कार्यान्वयनको लागि दलहरु मिल्नुको विकल्प नभएको बताएका छन्। 
 
आईतबार पत्रकारहरुको देउसी–भैलो टोलीसँग कुरा गर्दै अध्यक्ष राणाले संविधान संशोधन नगरी मुलुकको समस्या समाधान हुन नसक्ने बताए। राणाले त्यसको लागि प्रमुख दलहरु एक ठाउँमा उभिनुपर्ने धारणा राखे।
 
पछिल्लो समय प्रमुख दलहरु काँग्रेस, एमाले र माओवादी केन्द्रवीच देखिएको सहमतिले मुलुक अब सहमतिको दिशामा अघि बढ्नेमा आफू पूर्ण विश्वस्त रहेको अध्यक्ष राणाको भनाई थियो। उनले संविधान संशोधनमार्फत सबैको सर्वस्विकार्य बनाउँदै यसको कार्यान्वयनको लागि समयमै तीन वटा निकायको चुनाव गर्नुपर्ने आवश्यकत्तालाई मध्यनजर गर्दै दलहरु अघि बढ्नुपर्ने बताए। त्यसको लागि राप्रपा  सँधै तयार रहेको समेत उनले स्पष्ट पारे।
 
त्यस्तै अध्यक्ष राणाले संविधान कार्यान्वयनको लागि दबाबमूलक कार्यक्रम गरेर पत्रकार धमलाले अत्यन्तै राम्रो काम गरेको भन्दै प्रशंसा गरे। उनले भने,‘हिजो संविधान जारी गर्दा पनि धमलाजीले दबाब दिनुभएको थियो, अब कार्यान्वयनको लागि पनि यसरी दबाबमूलक कार्यक्रम सुरु गर्नुभएको छ, यो अत्यन्तै राम्रो काम हो।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ