arrow

सबैको सहमतिमा संविधान संशोधन हुन्छः परराष्ट्रमन्त्री महत

logo
प्रकाशित २०७३ कार्तिक १४ आइतबार
prakash-sharan-mahata.gif
काठमाडौं। परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले संविधान संशोधन हुने स्पष्ट पारेका छन्। आईतबार पत्रकाहरुको देउसी–भैलो कार्यक्रममा  बोल्दै परराष्ट्रमन्त्री डा. महतले सबैको सहमतिमा संविधान संशोधन हुने स्पष्ट पारेका हुन्। उनले अघि भने,‘हामी सबै नेपाली जनताको भावनालाई सम्बोधन गर्ने कोशिसमा छौं, संविधान संशोधनपनि सबैको सहमतिमा नै हुन्छ, यसमा कुनै शंका छैन।’
 
मन्त्री महतले नेपालले आफ्नो राष्ट्रिय स्वार्थलाई केन्द्रविन्दुमा राखेर नै आफ्नो कुटनीतिक सम्बन्धलाई अघि बढाउने विश्वास व्यक्त गरे। उनले थपे,‘नेपालले आफ्नो आवश्यकत्ता कूटनीतिक पहलमार्फत सही समय र उपर्युक्त बेलामा आफ्नो कुरा उठाउँछ, नेपालले संयुक्त राष्ट्रसंघ लगायत अन्य अन्र्तराष्ट्रिय मञ्चमा उच्चस्तरमा आफ्नो राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर कुरा राख्छ।’ उनले अधिकार र कर्तब्यलाई सही सदुपयोग र सन्तुलन गर्दै अघि बढ्नुपर्ने बताए। उनले  भने,‘कानुनी शासनको सबैले पालना गर्नुपर्छ।’ उनले दुवै छिमेकीसँग नेपालको समुधुर सम्बन्ध रहेको समेत बताए। भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणको बेला बिदा दिने कुरामा अनावश्यक विवाद बनाउने काम कसैले पनि गर्न नहुने उनको भनाई थियो। उनले भने,‘विदा दिनु सकारात्मक कुरा हो, अब हामी सबै मिलेर उहाँको भ्रमण सफल बनाउनतिर लाग्नुपर्छ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ