arrow

सत्तापक्ष र प्रतिपक्षबीच तित्तता हट्यो : प्रधानमन्त्री दाहाल

logo
प्रकाशित २०७३ कार्तिक १४ आइतबार
pm-dahal.jpeg
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छिट्टै संविधान संशोधन हुने दाबी गरेका छन्। उनले भाषा विवाद, प्रदेशको सिमांकन, नागरिकता लगायतका सबै विषयमा सहमतिमै संविधान संशोधन हुने स्पष्ट पारे।  प्रधानमन्त्री प्रचण्डले आफू नेतृत्वको वर्तमान सरकार तीनवटै निकायको निर्वाचन समयमै सम्पन्न गर्नेगरि लागिपरेको बताएका छन्। उनले भने, ‘संविधान संशोधनको लागि मैले अहोरात्र खटेर काम गरिरहेको छु, साथै तीन वटै निकायको चुनाव समयमै गर्नेगरि सरकारले काम गरिहेको छ, यसको लागि मैले विशेष पहलकदमी लिएको छु।’
 
आईतबार पत्रकारहरुको देउसी–भैलो टोलीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले सरकार तीन वटै निकायको चुनाव गर्न केन्द्रित भएको बताएका हुन्। उनले सरकारले संविधानको सर्वस्विकार्यता र राष्ट्रिय एकतामा समेत जोड दिएको बताए। प्रधानमन्त्री दाहालले सत्ता पक्ष र प्रतिपक्षवीचको तित्तता हट्दै गएकोले मुलुकमा अब निर्वाचन हुने वातावरण बनेको समेत विश्वास व्यक्त गरे। उनले भने,‘अहिले जुन खालको सत्ता पक्ष र प्रतिपक्षवीच समझदारी बन्दै गएको छ, यो अत्यन्तै सकारात्मक हो, अब मुलुकमा निर्वाचन हुने वातावरण बन्यो।’
 
त्यस्तै प्रधानमन्त्री दाहालले भुकम्पपछिको पूर्ननिर्माणको लागि सरकारले द्रुत गतिमा काम गरिरहेको समेत स्पष्ट पारे। उनले भने,‘सरकारले पूर्ननिर्माणको कार्यलाई तिव्रताका साथ अघि बढाईरहेको छ, ३१ वटै भुकम्पप्रभावित जिल्लाहरुलाई एकरुपताका साथ काम अघि बढ्ने पूर्ननिर्माण निर्देश समितिमा सहमति भएको छ, यही बमोजिम काम हुन्छ।’
 
पछिल्लो समय मुलुकमा नकारात्मक कुराहरु बढि प्रवाह हुने गरेकोमा चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री दाहालले सकारात्मक कुरामा पनि सबैले ध्यानन दिनुपर्ने बताए। उनले अघि भने,‘सकारात्मक कुराहरुमा हामीले धेरै ध्यान दिनुपर्छ, देउसीभैलोले सबैलाई यही शुभकामना दिओस्।’ उनले राष्ट्रलाई राम्रोसँग बुझ्न सकेन भने मुलुक दुर्घट्नामा पर्ने सक्ने तर्फ सचेत गराउँदै त्यसको लागि मिडियाले सशक्त भूमिका निर्वाह गर्नुपर्ने बताए।
 
आफू भारतको गोवामा ब्रिक्स सम्मेलनमा भाग लिन जाँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनीयाँ राष्ट्रपति सि जिनपिङ्सँगको भेटमा आफूले त्रिदेशीय साझेदारीको कुरा उठाएको स्मरण गर्दै आफ्नो उक्त प्रस्तावमा दुवै देशका प्रमुखभहरु सकारात्मक रहेको प्रधानमन्त्री दाहालको भनाई थियो। उनले अघि भने,‘मैले त्रिपक्षीय भेटवार्तामा त्रिदेशीय साझेदारीको कुरा उठाउनुको साथै नेपालमा अस्थिरता भयो भने तपाईहरुलाई पनि घाटा हुन्छ भनेको थिएँ, उहाँहरु मेरो प्रस्तावमा सहमत हुनुभएको छ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ