arrow

इजरेलमा रहेका विद्यार्थी लिन नेपाल एयरलाइन्सको जहाज जाँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २४ बुधबार
nepal-airlines1.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । सरकारले नेपाली विद्यार्थीको उद्धारका लागि बुधबार द्वन्द्वग्रस्त इजरेलमा विमान पठाउने भएको छ । गत शनिबारबाट हमासको आक्रमणमा परेको इजरेलमा रहेका नेपाली विद्यार्थीको उद्धारका लागि बुधबार राति ११ बजे नेपाल वायुसेवा निगमको जहाज त्यसतर्फ जान लागेको हो ।  

नेपाल एयरलाइन्सको जहाज बुधबार राति ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईलाई ट्रान्जिट बनाएर इजरेल जाने भएको छ । 

यसअघि बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पर्यटनमन्त्री सुदन किराँतीसहित नागरिक उड्यन प्राधिकरण र नेपाल वायुसेवा निगमका प्रमुखलाई बोलाएर नेपालीको उद्धारका लागि जहाज तत्काल इजरेल पठाउने व्यवस्था गर्न निर्देशन दिएका थिए ।
 



नयाँ