arrow

इजरेल घटनाप्रति जाग्यो मानव अधिकार आयोग

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २४ बुधबार
manab-adhikar_aayog.jpg

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले इजरेलमा भएको आक्रमणका कारण स्वदेश आउन चाहने नागरिकलाई फर्काउन आग्रह गरेको छ ।

नागरिकको मानव अधिकारको सम्मान तथा संरक्षण गर्न आयोगले अनुरोध गरेको छ ।

“इजरेलमा भएको हमलामा परी निधन भएका नेपालीको शव यथाशीघ्र स्वदेश ल्याउन, घाइतेको स्वास्थ्योपचार गर्ने व्यवस्था मिलाउन, बेपत्ता नेपालीको तत्काल खोजी गर्न, अप्ठ्यारोमा परेकाको उद्धार एवं सुरक्षित स्थानमा स्थानान्तरण गर्न, पीडित एवं उहाँहरुका परिवारलाई राहतको व्यवस्था गर्न आग्रह गर्दछौँ”, आयोगका प्रवक्ता डा टीकाराम भट्टराईद्वारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

इजरेलमा हमलाका कारण त्यहाँको शान्तिसुरक्षाको अवस्था चिन्ताजनक रहेको, हमलामा परी १० नेपालीको दुःखद् निधन भएको, केही घाइते भएको र केही असुरक्षित अवस्थामा रहेको जानकारी आयोगलाई प्राप्त भएको विज्ञप्तिमा भनिएको छ ।

यस विषयमा सरकारबाट गरिएका हालसम्म भइरहेका प्रयासको सराहना गर्दै सो विषयमा सरकारकाबाट भएको कार्यको यथार्थ जानकारी आयोगलाई उपलब्ध गराइदिन आयोगले आज सरकारलाई पत्राचारसमेत गरेको छ ।

विश्वको जुनसुकै मुलुकमा र जुनसुकै अवस्थामा रहेका भए पनि नेपाली नागरिकको मानव अधिकारको सम्मान तथा संरक्षण गर्नु सरकारको दायित्व भएको आयोगले उल्लेख गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ