arrow

एसियाली खेलकुदका पदकधारीलाई प्रधानमन्त्रीको सम्मान, एक सातामै रकम खेलाडीलाई  

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २४ बुधबार
asiad-meadl-nepal-prachanda.jpg

काठमाडौँ । चीनमा सम्पन्न १९औँ एसियाली खेलकुद प्रतियोगितामा एक रजत र एक कास्य पदक विजेता नेपाली खेलाडीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्मान गरेका छन् । 

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले कबड्डी र करातेमा पदक प्राप्त गर्ने खेलाडीहरुलाई बधाई तथा शुभकामना दिएका हुन् । बुधबार पदक विजेता खेलाडीको सम्मानमा बोल्दै उनले आफूले बिदाइ गर्दा महिला सहभागीताको लागि बधाई दिएको भन्दै अहिले महिलाले नै मेडल र रेकर्ड बनाएको बताए । 

प्रधानमन्त्री प्रचण्डले खेलाडीहरुको प्रोत्साहनका लागि सरकारले घोषणा गरेको रकम दिने बताए । उनले भने, ‘खेलाडीको प्रोत्साहनको लागि मैले रकम दिने घोषणा गरेको थिएँ । नियमावली पास गरेका थियौँ, आजको क्याबिनेटमा दिने निकासाका लागि निर्णय भयो र एक हप्तामा त्यो अर्थबाट आउनेछ ।'

यस्तै प्रधानमन्त्री प्रचण्डले आगामी बजेटमा खेल क्षेत्रलाई विशेष प्राथमिकतामा राख्ने बताए । 

एसियाडमा कराते खेलाडी एरिका गुरुङले रजत पदक जितेकी थिइन् । कबड्डीकाे महिला टिमले पहिलो सहभागीतामै कास्य  जितेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ