arrow

इट्लीमा शक्तिशाली भूकम्प, थुप्रै घर भत्किए

logo
प्रकाशित २०७३ कार्तिक १४ आइतबार
bhukampa-news-Itly.jpeg

एजेन्सी । मध्य इटलीमा शक्तिशाली भूकम्प गएको छ । एटलीको नोर्सिया नजिकै केन्द्रविन्दू भएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको त्यहाँका स्थानीय संचारमाध्यमले जनाएका छन् ।

भूकम्पको केन्द्र इटलीको पेरुजीया शहरको दक्षिण उत्तरमा रहेको बताइएको छ । भूम्कपबाट थुप्रै घरहरु भत्किएका छन् । मानवीय क्षतिबारेको विवरण आइसकेको छैन ।

भूकम्पको धक्का तीन सय ५० किलोमिटर टाढा रहेको राजधानी रोममा समेत महसुस भएको बीबीसीले उल्लेख गरेको छ । दुई महिना अघि अगस्तमा सोही इलाकामा गएको शक्तिशाली भूकम्पमा ३ सय नागरिकको मृत्यु भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ